बन्जारा बन्जाडे समाजको शुभकामना तथा भित्ते पात्रो बिमोचन कार्यक्रममा ८१ ध्रुब बन्जारा खत्रीले भवन बनाउन नगद सहयोग

काठमाण्डौ/ बिभिन्न जिल्लामा रहेका बन्जारा बन्जाडेहरुको २०७५ सालमा काभ्रेपलान्चोक जिल्लाको पनौतीमा भने राष्ट्रिय भेलाले संघ संस्था दर्ता ऐन २०३४ अनुसार काठमाण्डौ जिल्ला प्रशासन कार्यलय र समाज कल्याण परिषदमा समेत बन्दजारा बन्जाडे समाज दर्ता भै बिभिन्न सामाजिक कार्य गर्दै आएको छ ।समाजले नया बर्ष २०८३को पुर्व सन्ध्यामा शुभकामना आदान प्रदान तथा भित्ते पात्रो बिमोचन गरेको छ ।

कार्यक्रममा पनौती नगरपालिकाका उप प्रमुख गिता बन्जाराको प्रमुख आतिथ्यता रहेको थियो ।उनले समाजको कुनै गतिबिधी   संस्थागत वा ब्यक्तिगत सहयोग गर्दै आएको पछि पनि गर्ने  प्रतिबद्धता जनाईन । बिशेश अतिथी कौडिण्य गोत्रिय समाजका बाबुराम आचार्यले हाम्रो गोत्र भित्रका सह गोत्रियहरुले बिबाह गर्ने परम्परा भएकाले अब यो रितीलाई तोड्नु पर्ने बताएका थिए ।समाजका सल्लाहकार रामकृष्ण बन्जाराले संस्था स्थापनाका बखत बिधानमा उल्लेखित  उदेश्य मात्र नभै बैठकमा भएका निर्णय समेतलाई ध्यानमा राखेर बन्धहरुको हक हित गाह्रो साह्रो सबै मिले सहयोगर्नु  पर्ने कुरा बताएका थिए।त्यसै अर्का सल्लाहकार प्रल्हाद केसी बन्जाराले सबै मिलेर धेरै भन्दा धेरै बन्धुहितका कार्यक्रम गर्न सकिने र त्यसकालाई सबै मिलेर जानुपर्छ त्यसको लागी आफु पनि साथ मै रहने बताएका थिए ।कार्यक्रममा ८१ बर्षिय ध्रुब बन्जारा खत्री समाजले एउटा बहुआयामीक भवन बनाउने योजना बुझेको तत्काल नै यो अभियानमा  सबै बन्धुहरु लाग्न प्रेरणा दिदै ५ हजार ५ सय ५५ रुपैया नगद नै समाजका अध्यक्ष गिता तिम्सेना बन्जारालाई हस्तान्तरण गर्दै भवनको आवश्यता रहेको छ बनाउनु पर्छ सबै जना मिलेर लाग्न आग्रह गर्नु भयो । यसैगरी भक्तपुर जिल्ला अध्यक्ष लोक बहादुर खत्री बन्जारा , पाल्पाका अध्यक्ष यज्ञमुर्ति बन्जाडे, बागमति प्रदेश अध्यक्ष माधव बन्जारा र संस्थापकहरु गणेश बन्जारा मिलन बन्जारा लगायतले शुभकामना शुभकामना मनतब्य राखेका थिए कार्यक्रमको अध्यक्षता गिता तिम्सेना बन्जाराले र संचालन सचिव दिपेन्द्र बन्जाराले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय