पनौती/ लामो समयदेखि अन्यौलमा रहेको लामाडोल देबिक्थुम्का सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा एवं अधिबेसनले पछि पथ गर्न सक्ने गरी ९ सदस्यिय समिति सर्वसम्मत निर्बाचित गरेको छ। वनको साधारण सभा तथा अधिबेसनले बिभिन्न निर्णयका साथ सर्बसम्मत नेतृत्व चयन गरेकोमा उपभोक्सताहरु खुसी व्यक्त गरेका छन्। सभामा अतिथीका रुपमा पनौती नगरपालिका वडा नं ८ वडा अध्यक्ष एवं पुर्व वन समुहक अध्यक्ष बेद प्रसाद बन्जारा ,कार्यपालिका सदस्य रुपा थापा , सब वन डिभिजन कार्यालय प्रमुख पबित्रा तिमल्सिना ,जिल्ला सहकारी संघ काभ्रेपलान्चोकका सचिव प्रकास बन्जारा ,पनौती नगरपालिका सामाजिक शाखा प्रमुख केशब बन्जारा लगायत सम्पुर्ण वन उपभोग कर्ता सदस्यहरुमा उपस्थिती रहेको थियो ।
