बनेपा । शहिद प्रतिष्ठान नेपाल काभ्रेको तेस्रो साधरण सभा नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का केन्द्रिय सदस्य माननिय सूर्यमान दोड. ( लालध्वज)को प्रमुख आतिथ्यता र प्रतिष्ठानका अध्यक्ष रुकु चौलागाई रचनाको अध्यक्षतामा काभ्रे मिनिबस सेबा समितीको सभा हल बनेपामा सम्पन्न भएको छ ।
अधिबेशनमा उपस्थित सदस्यहरुलाई प्रतिष्ठानका उपाध्यक्ष राज तामाड.ले स्वागत मनतव्य सहित स्थापनाको उदेश्यका बारेमा प्रकास पारेका थिए।
कार्यक्रममा संबिधान सभा सदस्य एव प्रतिष्ठानका सल्लाहकार तेज बहादुर मिजारले प्रतिष्ठानक उदेश्य अनुरुप चल्न सकोस् साथै पार्टी हालको राजनिति र जिल्ला पार्टीले परिस्थितीलाई जिल्लामा पार्टी एकतामा गर्नुपर्ने बिचार दृष्टीकोणलाई ध्यानदिदै अघि बढ्नुपर्ने कुरा बताए। देश नै रहन्छ वा रहदैन भन्ने त्रास रहेको ले सबै नेपाली जनता सचेत हुनुपर्ने देखिन्छ र पद प्रतिष्ठा मा हैन काम गर्नपर्ने बताउनु भयो । सम्पुर्ण शहिद परिबार जेन्जी समुहलाई समेटेर लान हामी सबै मिल्नुपर्छ भन्ने शुभकामना ब्यक्त गर्नु भयो ।
साधारण सभाका प्रमुख अतिथि पुर्व उर्जा राज्य मन्त्री नेकपाका अधिबेशन आयोजक समितीका केन्द्रिय सदस्य सूर्यमान दोड. प्रतिष्ठानको सफलताको शुभकामना सहिती पार्टी एकताको स्प्रिट अनुसार अघिबढ्न आग्रह गरेका छन्।
सभाका अध्यक्ष रुकु चौलागाईले प्रतिष्ठानको बृद्धि विकासमा प्रतिष्ठान सदस्य माओबादी केन्द्र सदस्य र एकता पछि गठित नेपाली कम्युनिष्ठ पार्टीका सदस्यहरुको महत्वपुर्ण भुमिका रहने छ । यसलाई शहिदहरु सम्मान स्वरुप यो महत्पुर्ण कार्य हो। प्रतिष्ठानले बनेपा नगरपालिका वडा नं ६ मा कार्यालय भवन निर्माण कार्य भैरहेको जानकारी गराउनु भयो ।पार्टी र बिभिन्न सहयोगी हातबाट ७३ लाख सहयोग प्राप्त भएको र यस रकमले प्रति आना १५ लाखका दरले ५ आना जग्गा खरिद गरिएको थियो । सहयोगको बाकी रकम र बागमती प्रदेश सरकारको सहयोगले समेतले भवन निर्माण कार्य भैरहेको जानकारीगराईएको थियो।हालसम्म १ करोड भन्दा माथी खर्च भएको आर्थीक प्रतिवेदन सार्बजनिक गर्ने क्रममा बताएईएको थियो।
आगामी दिनमा पालिकास्तरमा प्रतिष्ठानको समिती गठन गर्ने योजना रहेको यस्ले समुदाय ,बिद्यालयमा शहिदसंग जोडिएका कार्यक्रम पुर्याउने निती रहेको जानकारी गराईयो ।सभाले देश बिदेशमा घटेका आन्दोलनका बारेमा जानकारी दिने तालिम गोष्ठी सभा बैठक गर्दै जाने भाबी योजना पेश गरिएको थियो।
सभाले प्रतिष्ठानको ९ सदस्यिय नया कार्यसमिति निर्वाचित गरेको छ ।जस्मा अध्यक्ष रुकु चौलागाई उपाध्यक्षद्धय रेणुका चौलागाई , राज तामाड. ,महा सचिवमा भोला अर्याल कोषाध्यक्ष गोपाल घिमिरे सदस्यहरुमा पबित्रा गिरी ,नारायण फुयाल , जयराम केसी,बिरेन्द्र लामा रहेका छन् ।
