काठमाण्डौ / तथा मौसम विज्ञान विभागले दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ र बाजुरामा रेड अलर्ट जारी गरेको छ। आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गतेसम्म गण्डकी लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ ‘गर्जन च’ट्याङ हावाहु’रीका साथ भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार मधेश, कोशी बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा च’ट्याङ हावाहु’रीका साथ भारी वर्षा र अति भारी वर्षा ,कर्णाली प्रदेशमा पनि भारी वर्षाको सम्भावना रहेको छ। देशका अधिकांश भागहरूमा मेघ ‘गर्जन च’ट्याङ हावाहु’रीसहित मध्यम वर्षा हुनेछ। तसर्थ बा’ढी प’हिरो तथा भू’क्षयको जो’खिम रहेको सहरी तथा तराईका क्षेत्रहरूमा डु’बानको जो’खिम, साना तथा ठूला नदीहरूमा जल सतह बढ्ने भएकाले नदी आसपासमा भएका निर्माण कार्य सडक तथा हवाई यातायातसमेत प्र’भावित हुने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। यसैगरी हिमाली क्षेत्रमा पनि भारी वर्षा र भारी हिमपा’तको सम्भावना भएकोले पर्वातारोही तथा सम्बन्धित सबैले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
