पनौती / काभ्रेको खानीखोला गाउँपालिका–१, स्याउलीथलीस्थित पनौती–तालढुंगा भित्री सडकखण्डमा यात्रु बोकेको बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु र चार जना घाइते भएकाछन्।
प्रहरीका स्रोतका अनुसार बिहान११ः३० बजे बा २१ च २४२ नम्बरको उक्बोत बलेरो सडकबाट करिब ३०० मिटर तल खसेको जनाईकोछ।दुर्घटना खबर पाउने बित्तिकै प्रहरी चौकी फलामेटार, तालढुंगा, ढुंखर्क र खोपासीबाट एम्बुलेन्स समेत घटनास्थलमा गएको जनाईएको छ ।
यस दुर्घटनामा खानीखोला गाउँपालिका–२ का २४ वर्षीया अनिता मोक्तान र खानीखोला गाउँपालिका–४ का करिब ६१ वर्षीय कलकबहादुर माझीको मृत्यु भएको प्रहरीले जनाएको हो ।
त्यसैगरी घटनामा बनेपा नगरपालिका–१४ का २५ वर्षीय राहुल तामाङ, खानीखोला गाउँपालिका–३ का २४ वर्षीय प्रदीप जर्गामगर, खानीखोला गाउँपालिका–५ का बौद्धमान लामा र सिन्धुपाल्चोक चौतारा नगरपालिकाका धनपति रावल घाइते भएका छन्। यस बौद्धमान लामाको टाउकोमा चोट छ भने धनपति रावलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।बोलेरो चालक सिन्धुली २८ वर्षीय यसबहादुर तामाङ रहेको समेत प्रहरीले जनाएको छ।घाइतेहरूको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धुलिखेल अस्पताल लगिएको छ। दुर्घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।
यो खबरका बारे आवश्यक जानकारी सुझाबको अपेक्षा राख्दछौ ।
