शुरुवातको १३ बर्षमा काभ्रे उपत्यका एकिकृत खानेपानी पुर्ण रुपमा बन्द ,एशियालि बिकास बैकको ऋण यथाबत, आयोजना समितीलाई हस्तान्तरण दाताको खोजी गर्न जनताको माग, निर्देशन समिती निन्द्रामा

पनौती / काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको पानी अस्थाई बितरणको  केही महिनामा नै २०८१ असोज ११,१२र १३ गते आएको अबिरण बर्षाका कारण सम्पुर्ण आयोजना क्षति भएको छ  । काभ्रेपलाञ्चोकका  पनौती , धुलिखेल र बनेपा समेटिएको सो आयोजनाको निर्माण सम्पन्न नहुदै पुर्ण रुपमा बाढीले बगाएको थियो।

यस आयोजनाबाट करिब १ लाख बासिन्दाले स्वच्छ खानेपानी पाउने थिए । प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य लिएकोभएपनि शुरुवातदेखि नै पनौती नगरपालिकाका नागरिक समाज, बुद्धिजिवी,संचारकर्मीहरुले आबस्यकता र जनसंख्या आधारमा बितरण गर्न , मुहान रहेको पनौती नपा  १२ नम्वर वडाका जनताका उचित माग सम्बोधन गर्न जनताको आवाज उठ्दा उठ्दै पनि जालसाजी पुर्ण ढंगले खानेपानी संचालन गरिएको भन्दै बिरोध भएको सो बिरोधी आवाज आजसम्म समेत यथावत रहेकै छ । त्यस्तै प्राविधिक समस्याका कारण समेत योजना सम्पन्नमा ढिलै भएको स्पस्ट नै छ।  तीन नगरका नागरिकलाई गुणस्तरीय खानेपानी पिउने ब्यबस्थापन गर्न २०६७ सालमा निर्माण कार्य नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया शुरू गरिएको थियो ।

सन् २०१० अक्टोबर २६ (२०६७ कार्तिक ९ गते मंगलबार) मा सम्झौता गरिएको खानेपानी आयोजना प्रारम्भमा ८० – ९० करोडमा सम्पन्न हुने भनिए पनि २०८० सालमा अस्थाई रुपमा खानेपानी बितरण गर्दा एक अर्ब रुपैया भन्दा बढी रकम खर्च भईसकेको जनाइएको थियो।

निर्देशन समितीका सदस्य ,पदाधिकारी ,कर्मचारी र प्राविधिकहरु निर्माण कार्य सकिन लागेको भन्दै गर्दा बाढी योजना सबै बगाई दिएपछी पनौती बनेपामा पानीको हाहाकार छ भने यस्का नगरपालिका कार्यालयहरुले मात्र मासिक लाखौ रुपैयाको खानेपानी किनी रहेका छन् भने काभ्रे उपत्यका खानेपानी निर्देशन समितीको निती नियम बिपरित बोरिड. ईनार र बैकल्पिक मुहान संरक्षण गरेर साना खानेपानी परियोजना समेत  निर्माण संचालनमा आएका छन्। यसरी निर्देशन समितिको सहमति बिनै बिभिन्न स्थानमा बोरिंग खनिनुले निर्देशन समितिको शुरुवातको १३ बर्षमा नै काभ्रे उपत्यका एकिकृत खानेपानी पुर्ण रुपमा बन्द ,एशियालि बिकास बैकको ऋण यथाबत, आयोजना समितीलाई हस्तान्तरण दाताको खोजी गर्न जनताको माग, निर्देशन समिती निन्द्रामा रहनुले समितीको औचित्य समाप्त भएको मात्र हैन एडिबी र सरकार बिचको सम्झौता नै समाप्त भएको मान्न सकिन्छ होला ? सबैको चासोको बिषय बनेको छ।  पानी वितरण र परीक्षण पनि गर्दै आयोजनाको काम छिट्टै सक्ने आयोजना रहेको भन्ने निर्देशन समिती असोज ११,१२ र१३ गतेपछिको बाढापहिरो पछी योजनालाई मर्मत गराउने बनाउने वा के गर्ने भन्ने धारणा सार्वजनिक गर्न सकिएको पाईएन। खानेपानी जस्तो संबेदनसिल बिषयमा तिन वटै नगरका निर्वाचित जनप्रतिनीहरुको सार्वजनिक रुपमा आधिकारीक धारणा नआउनुले आयोजनाको ओचित्य समाप्त भएको त हैन सहजै अनुमान लगाउन सकिन्छ।

ठेकेदार कम्पनीको लापरबाहीका कारण पनि आयोजनाको काम लम्बिएको भनेर  दोषारोपन गर्ने राजनितीक दलहरु बाढीपहिरो पछि निदाएका देखिन्छन् ।

योजनाले खानेपानी भण्डारण ट्याङ्की निर्माण र पाइप ओछ्याउने लगायतका भौतिक पूर्वाधारको सम्पूर्ण काम सकेर पनौतीको शारदादेवीस्थानमा पानी पुर्‍याइएको अस्थाई वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम गर्ने र मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रिया भईरहेका वेला बाढी सबै संरचना बिगारेको बुझिएको हो।

आयोजना सम्पन्न भएपछि तीन नगरमा पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाइने पनौती बनेपा र धुलिखेल नगर प्रमुखहरुले भनिरहदा अब के चाहि कीन ? के गर्ने ? भन्ने धारणा आएको पाईन्न जनतामा चासो छ ।नगर प्रमुखहरु चुप लाग्नुले सजिलै बुझ्न सकिन्छ जनताले एकिकृत आयोजनाको स्वच्छ पिउने खानेपानी पिउन पाउँदैनन् , यो निकै दु:खद् विषय हुने अबस्था हुने भो बुद्धि हरुको बहस सुरु भएको छ। पनौतीबासी जनताले भने बाढी पहिरोका कारण पानीको मुहान सरेका र प्रयाप्त पानी  नभएकाले पनौती नगरपालिकाले आफ्नो नगरका जनतालाई जनता कै सहयोग समेत लिएर खानेपानी समस्या समाधान गराउने चर्चा चलाएका छन् । यी चर्चा चलेपछि पनौती,बनेपा र धुलिखेल नगरपालिका प्रमुखहरुका साथै आयोजनाका प्राबिधिक लगाएत सरोकारबालाहरुको ध्यानाकर्षण हुनेछ।अर्बौ क्षति लाखौलाई काकाकुल बनाएर दलका नाममा भागबण्डा लगाएर जनता बिभक्त गराउने राजनिती अन्त्य हुनेछ ।साथै तिनवटै नगरले एडिबीलाई तिर्नुपर्ने ऋणको ब्याज त बार्षिक रुपमा तिरि रहेका छन् भने जुन आयोजनाले कमाएर दिने सावा कसरी तिर्ने भन्ने समेत ध्यानदिनुपर्ने देखिन्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय