नेपाली जनताको मुख्य चाहना शिक्षा र स्वास्थ्य नि:शुल्क होस भन्ने छ।यी दुईचटा आधारभूत आवश्यकता हुन। शिक्षा र स्वास्थ्य प्रत्येक नागरिकको हक हो। तर दुर्भाग्यवश, यी दुईटा क्षेत्रमा हाम्रो देशमा अझै पनि धेरै चुनौतीहरू छन्। शिक्षा र स्वास्थ्य सेवाहरू मा महंगी छ। जसले गरीब र मध्यम वर्गका मानिसहरू उपचार गर्न नसकि अल्पायू मै मर्नु पर्ने बाध्यता छ भने अर्को तिर उपचार गरेर घरबार बिहिन भएर बस्नु पर्ने बिबस अबस्था हाम्रो समाजमा धेरै छन्।
शिक्षा देशको विकासको मुख्य आधार हो। नेपालमा शिक्षा प्रणालीमा अझै पनि धेरै कमजोरूहरु छन्। सरकारी विद्यालयहरूमा संसाधनको अभाव छ र निजी विद्यालयहरू महंगी छन्। यसले गरीब र मध्यम वर्गका मानिसहरूलाई आफ्ना बालबालिकालाई गुणस्तरीय शिक्षा दिनबाट वञ्चित गराएको देखिन्छ।
यस्तै स्वास्थ्य सेवा पनि नेपालमा एक ठूलो चुनौती रहेको पाईन्छ। सरकारी अस्पतालहरूमा उपकरण दक्ष जनशक्त्ती र संसाधनको अभाव छ, भने निजी अस्पतालहरू निकै महंगो छन्। यसले गरीब र मध्यम वर्गका मानिसहरूलाई स्वास्थ्य सेवाहरू प्राप्त गर्नबाट वञ्चित नै गरेको देखिन्छ।
त्यसकारण हामी सरकारसँग शिक्षा र स्वास्थ्य सेवाहरूलाई नि: शुल्क गराउने माग राख्दछौ। यसले गरीब र मध्यम वर्गका मानिसहरूलाई यी सेवाहरू प्राप्त गर्न निकै ठुलो सहयोग र मद्दत गर्दछ साथै देशको विकासमा पनि महत्योवपुरण योगदान पुग्ने देखिन्छ।
शिक्षा र स्वास्थ्य नि:शुल्क गराउने कदम उठाउन नागरिक स्पतरबाटै सरकारलाई दबाब सिर्जना गर्नुपर्ने देखिन्छ।यसले देश र जनताको भविष्यलाई सुरक्षित गर्दछ, र हाम्रो देशलाई एक समृद्ध र उन्नत देश बनाउन मद्दत पुर्याउने देखिन्छ।
