राष्ट्रपतीद्वारा शक्तिपीठहरूमा पूजा आराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवरात्रका अवसरमा उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं दर्शन गरेका छन् ।

राष्ट्रपति पौडेलले काठमाडौँस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी नौ वटा शक्तिपीठको  पूजाआराधना गरेका हुन् ।

राष्ट्रपति पौडेलले सो अवसरमा शक्तिपीठका पुजारीबाट टीका एवं प्रसाद ग्रहण गरेका थिए । उत्त अवसरमा  राष्ट्रपतिका साथमा प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय