पनौती/ बिगतका बर्ष झै यस बर्षपनि पनौती नगरभित्र छाडा सडकमै कुकुरहरुको आतंक बढेको छ । पनौती नपा वडा नं ४ को एपटार भेगमा संगठित रुपमा कुकुरहरुको आतंक भै रहेको स्थानियहरु बताउछन् ।
यस महिनामा खसी बाख्रा मात्र नभै भैसिको पाडा समेत कुकुरको टोकाईको सिकार बनेपछि पनौती नगपालिकाको पशपन्छि शाखामा स्थानिय पुगेको खबर छ । कुकुर आतंकका करण बालिबालिका बिद्यालय जान समुदायका मानिस कामकाज वा नोकरी जान समेत त्रसित देखिन्छ । सामुदायिक कुकुरहरु सडक मै सडक मै खाने गरेका छन् ।कुकुर ब्यबस्थापनको लागी नगरमा पुग्दा यस बिषयमा नगरबाट हामी सल्लाह गर्ने साथै आवश्यक पहल गर्ने जनाईएको र बिज्ञप्ती समेत जारी गरेको छ ।
