निर्बाचन आयोगबाट निर्वाचनमा परिचय पत्रमा  सहजता

काठमाडौ।  देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बिहान पर्सि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्य हुने बताएको छ। आयोगले मतदातालाई परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आफ्नो मतदान केन्द्रमा उपस्थित हुन आग्रह गरेको छ।

आयोगकाले  मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले छ प्रकारका परिचयपत्र भए मतदान गर्न पाउने जनाएको छ । आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र नभएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) मध्ये कुनै एक कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको जानकारी गराएको छ।

मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ भने  शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैंले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूलाई लाइन बस्नुनपर्ने विशेष सहजीकरण गर्ने भएको आयोगले जनाएको छ। यस्ता मतदाताले मतदान अधिकृत, सहायक मतदान अधिकृत वा खटिएका कर्मचारी तथा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्नेछन्।आयोगले सबै मतदातालाई अनुशासित, मर्यादित र शान्तिपूर्ण रूपमा मतदान प्रक्रियामा सहभागी भई आफ्नो लोकतान्त्रिक मत दिने अधिकारको सदुपयोग समेत अपिल गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय