पनौत/ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) महाभारत गाउँपालिका समितिको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न भएको छ। महाभारत गाउँपालिका–६ देविटारमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व ऊर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज)को प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार दिननाथ गौतम र समानुपातिकतर्फकी उम्मेदवार मिना पाख्रिनको उपस्थितिमा प्रमुख अतिथि दोङले पार्टी संगठनलाई जनस्तरसँग मजबुत र बलियो बनाउन राजनीति सत्तामुखी नभई जनजीवन परिवर्तनमुखी हुनुपर्ने उत्पादनको प्रवर्द्धन, आत्मनिर्भर अर्थतन्त्र निर्माण, स्रोत–साधनको समुचित उपयोग र जनअधिकार केन्द्रित राजनीतिक आज आवश्यकता हो भन्नु भयो।
नेताहरू तथा बैठकमा उपस्थित नेताहरुले अगुवा कार्यकर्ताहरूले संगठन सुदृढीकरण, निर्वाचनको तयारी र जनतासँगको सम्बन्ध विस्तारका महत्वपुर्ण भुमिका प्रदर्शन गर्नु पर्नेमा जोड दिए । निर्वाचनका बेला स्थनिय पार्टी संगठनको भुमिका महत्वपुर्ण रहने कुरामा ध्यानदिएर नेकपाले काभ्रेपलाञ्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं–१ लाई समृद्धिको दिशामा अघि बढाउने उद्देश्यसहित जनमुखी र व्यवहारिक राजनीतिक दृष्टिकोण अघि सारेको बताईएको थियो । पार्टीले जनताको सहभागितामा समावेशी विकास र समानताको नीति निर्माणको आधार बनाएको जानकारी गराईएको थियो।
केन्द्रिय सदस्य एवं प्रत्यक्ष तर्फका उम्मेदवार दिननाथ गौतमले शिक्षा, स्वास्थ्य र रोजगारी, कृषि, पर्यटन र स्थानीय स्रोतको विकासमा प्रमुख हुने साथै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

