पनौती / नेपाली कम्युनिष्ट पार्टीले पनौती नगरपालिकाको आयोजना आज सम्पन्न अगुवा कार्यकर्ताहरुको छलफलले निर्वाचन प्रचार–प्रसार र भेटघाट उत्साहजनक रूपमा अघि बढेको काभ्रे क्षेत्र नं १ र २का उम्मेदबारहरु बताएको आज सम्पन्न छलछलमा बैठकका अध्यक्षतासम्पन्न सन्तनु केसी बताएका थिए।
काभ्रेपलान्चोक जिल्लामा नेपाली कम्युनिष्ट पार्टीको विजय पक्षमा माहोल गौतम र हुमागाई दुबै जनप्रिय रहेको नागरिकहरुमा चर्चा रहेको छ ।बैठकमा सहभागी नगरका नेता कार्यकर्ताले नेपाली कम्युनिष्ट पार्टीक्षेत्र नं १ का उम्मेदवार दिनानाथ गौतम र क्षेत्र नं २का उम्मेदवार बसुन्धरा हुमागाईका चुनाव चिन्ह ‘तारा’मा मतदान गरी जिताउन प्रतिबद्धता सहित जनतामा पुर्याउनु पर्ने बताएका छन् ।
एमाले र कांग्रेसका पुराना नेताहरूले बर्षौँदेखि आश्वासन मात्रै बाँडेको आरोप लगाउँदै अब व्यवहारमा काम गर्ने युवालाई अवसर दिनुपर्ने बताएका छन् ।धेरैले दिनानाथ गौतम र बसुन्धरा हुमागाईलाई व्यक्तिगत रूपमा सक्षम र भरोसायोग्य उम्मेदवारहरु भएको प्रतिक्रिया दिएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका दुबै उम्मेदवारहरुले अहिलेको चुनाव पुरानो शैलीको राजनीति बदल्ने चुनाब भएकाले यस्लाई चुनौती र अवसरका रुपमा लिएको बैठकमा सहभागी जिल्ला सल्लाहकार बुद्धसिं थापाले बताएका थिए। उनले भने, “जनताले अब भाषण होइन, परिणाम खोजिरहेका त्यसैले काम गर्ने मान्छे जनताले खोजेका छन् यो क्षेत्रका समस्या तपाईं–हामी सबैलाई थाहा छन्, अब ती समस्या समाधान गर्ने जिम्मेवारीबाट कोही पनि पन्छिन पाउँदैन भन्दै काभ्रे जिल्लालाई तारामय बनाउने अभिभारा सबै काभ्रेली जनताको भएको बताएका थिए ।
दुवै नेता स्थानिय तहदेखि नै जनताकै बीचबाट आएको उम्मेदवार भएकाले पार्टीको एजेन्डा लिएर घर–घरमा पुग्ने छन् त्यसकारण अभियान भेटघाट अझ तीव्र बनाइने बताए। “बैठकमा सहभागी सबैले उम्मेदवारहरु प्रत्येक घरमा समय अभावले पुग्न सक्दैन त्यस बेला उम्मेदवार कुनै टाढाको नेता होइनन् यही माटोमा हुर्किएको साथी हुन तपाईंहरूको भरोसालाई काम र व्यवहारबाट प्रमाणित गर्ने हाम्रो प्रतिबद्धता हो,” र हामी नै उम्मेदवार हौ भन्न सक्नुपर्छ भन्ने सबाल उठेको थियो ।
हाम्रा उम्मेदवारहरुले सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन व्यवस्था आजको मुख्य आवश्यकता भएको उल्लेख गर्दै उत्पीडित वर्ग, पछाडि पारिएका समुदाय र श्रमिक–किसानका पक्षमा नीतिगत परिवर्तनका लागि सासंद वा कुनै ठाउ संघर्ष गर्ने छन् नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले अबका केही वडा–वडा, टोल–टोल र घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुपर्ने समेत छलफलको निष्कर्ष रहेको थियो।
