गलत भाष्य अन्त्य गर

लोकतान्त्रिक गणतन्त्र ल्याउन बगेको रगतको सम्मान गणतन्त्र ल्याउन भुमिका खेल्ने दलबाट नै हुनुपर्छ ।बिचमा उम्रेका दलहरुको आजसम्म पनि स्पष्ट दृष्टीकोण ,सिद्धान्त र संगठन र संगठकको भुमिका नै बुझ्न सकेको छैन। भ्रष्टचारको अन्त्य गर्ने र कारबाहि गर्ने हल्ला गरेको छन् यो एउटा पाटो हो यो सबै दलका ईमान्दार नेता कार्यकर्ता साझा धारणा हो।यसको कार्यान्वयन सत्ता हो रे सता चाहिन्छ तर सत्तामा पुग्नु अघि जनता राजनितिक चेतना दिन सकेको छैन र यो भज्या तरिकाले दिन पनि सक्दैन ।२०५२सालमा सुरु भएको ससस्त्र बिद्रोहले त जनतामा राजनिति सामाजिक बिभेद असमानता अन्धबिस्वास शोषन दमनको बिरुद्ध बोल्न सक्ने घरघरमा गए दियो । तै चेतनामा आजको ब्यबस्थामा हामी छौ । यो ब्यबस्था बोल्ने लेख्ने स्वतन्त्रता दिएकोले आज बोल्न लेख्न पाएकाछौ । यसलाई उन्नत बनाउन सबै नेपालीले एकमत हुनुपर्थो । त्यो हुन सकेन । कारण गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुगिन्छ र भन्ने मानसिकता र जो संग गणतन्त्रका लागी संघर्ष गरियो तिनैलाई सत्तामा मिलाएर मिलेर जाने सहजता बनाएर सदासयता सदाचार सद्भाव र भाईचाराको समानता दिएर आउदा कै परिणाम जनताले भोग्नु परेको तितो सत्य हो। गणतन्त्र ल्याउन राजतन्त्रका बिरुद्ध दिएको बलिदानको ईतिहास कसैले बिर्सेको छैन ।एकात्मक राज्य ब्यबस्था गलत भयो। यसबाट जनता शोषणमा परेर जन्मेको बिद्रोहले त्यो ब्यबस्था गयो र तत्कालिन राजाले जनबिद्रोह स्वीकार गरेर आफ्नो शासन र एकात्मक राज्य ब्यबस्थालाई छोडेर आफ्नो राज सिहासन र दरबार छोडको राजतन्त्रको आलोक छर्लंग सबै नेपाली बिच छ ।त्यस्तै २०५२ सालदेखि शुरु गरिएको स शस्त्र जनयुद्धले पनि राजाको देश र जनताको भावना अनुरुप युद्ध रोकेर संसदिय ब्यबस्थामा सहमत भयो। तर राजाको राजतन्त्र माओबादीको गणतन्त्रबिच द्धन्दले काग्रेस एमाले लगायत सबैलाई समेटेर २०८२भदौ २३ र २४ सम्म टिकायो ।तर काग्रेस र एमाले नेतृत्वको सत्ता यी दिनको जेनजी बिद्रोहले एमाले काग्रेसको एकताको भष्ट्रहरु संरक्षक राज्य सत्ता हेलिकप्टर चढेर भाग्नु परो यो नेपाली ईतिहासमा राज्यको शासक देश र जनताको लागी राजतन्त्र भन्दा पनि सयौ गुणा निकम्मा साबित भै सकेको अबस्था जनताले बुझि सकेका छन् ।एमाले र काग्रेस पार्टीभित्र देखिएको नेता कार्यकर्ता बिचको ध्रुबिकरण नै यसको ज्वलन्त उदाहरण हुन ।एमाले र काग्रेसका ईमान्दार कार्यकर्ताहरुलाई पार्टी छोड्ने कि समाउने धर्म संकटमा छन्। बर्षौको लगानी ईमान्दारिता र स्वाभिमान राजतन्त्र र गणतन्त्र भन्दा फरक भष्ट्रचारीतन्त्रको राज्य ब्यबस्था निमार्णमा एमाले र काग्रेसको नेतृत्व र नेतृत्वको बहुमतको नाममा वनेको सरकार उद्धत हुने गणतन्त्र मात्र नभै देश नै ६-८ घण्टा राज्य बिहिन बन्न पुग्यो । कार्यपालिका ,ब्यबस्थापिका र न्यायपालिका नै ठप्प भो ।सत्ताबाट खेदिएकाहरु बिपक्ष दल र राष्ट्रपतिसंग गुहार माग्न पुगे । राष्ट्रपति र बिपक्ष दलका नेता पनि अन्यौल मै थिए ।तै पनि एउटा निस्कर्ष निकालेर सेनाको उपस्थितीमा चुनाबी सरकार गठन गराएर देशको राज्यबिहीन अबस्थालाई सहि बाटोमा ल्याउन सफल भएको सबै बिच बाहिरी सकेको छ। अझै पनि एमाले काग्रेसको नेतृत्व यो गलत कार्य गरेकोले यो अबस्था आएको हो भन्ने स्वीकार गर्न आत्मालोचना गर्न र जनतासंग माफी माग्न नसक्नुले एमाले काग्रेस दलभित्र बिद्रोह मात्र भएन मुलुक संचालनमा समेत बाधाब्यवधान देखिएकै छ।२०४६ सालदेखी २०८२ सम्म आईपुग्दा बिद्रोह परिवर्तन हो र नेतृत्व समाधान भन्ने प्रष्ट देखियो ।बिद्रोह र परिवर्तनको समाधान बिकेक हो भन्ने प्रष्टता बिपक्ष दलको भुमिकाबाटै हुने रहेछ भन्नेमा मुलुकमा भएका आन्दोलन बिद्रोह संघर्षको समाधानले प्रष्ट पारेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय