चितवन / भरतपुर महानगर पालिकाकी प्रमुख रेणु दाहालले २९ वटै वडामा सिसी क्यामेरा जडान गरेकी छन्। कार्यालय मै बसेर जनताको सेवा सुविधा कसरी प्रवाह भैरहेको छ भनेर निगरानी गर्ने सहज बनाएकी छन् ।
दहाल नेतृत्वको दुई कार्यकालमा ६ लेनको सडक, महानगर भित्र नारायणी तटबन्ध, सडक बत्ती, खानेपानी, आधुनिक सिँचाइ नहर, व्यवस्थित फोहर व्यवस्थापन लगायत अत्यन्तै महत्त्वपूर्ण पूर्वाधारका काम सम्पन्न गरि सकेकी छन् । नेपालमै अत्याधुनिक मानिने नारायणी पुलको उद्घाटन दाहाल गरेकी सकेकि छन्।
महानगर देश भरकै पालिका मध्बेय बेरुजु घटाउने सूचिमा नेपालमै पहिलो प्रमुख रेणु दाहालको उपलब्धि हो। भरतपुरको विकासले देश बिदेशमा रेणु दाहालको चर्चा चलेको छ ।
