पनौती /रुशि रोडा ढुङ्गा तथा क्रसर उद्योगमा पहिरो जाँदा एक जनाको मृत्यु र अर्को एक जना घाइते भएका छन् । पहिरोमा खानीखोला गाउँपालिका–२ घर भई हाल पनौती नगरपालिका वडा नं ९ सुन्थानमा बस्दै आएका स्क्याभेटर चालक राम प्रसाद तिमल्सिनाको घटनास्थल मै मृत्यु भएको र पनौती–१२ का इश्वर गुरुङ घाइते भएको खबर छ। पहिरो आउने क्रममा अरु मानिसहरु रहेका भएपनि सुरक्षित रहेका छन्। पहिरो ग्रस्त खानी क्षेत्रको बारे प्रहरीले अनुसन्धान गर्दै थप बिबरण संकलन गर्दै रहेको जानकारी गराएका छन्।
