पनौती/काभ्रेपलान्चोक जिल्ला आन्तरिक तथा बाह्य पर्यटकका लागी आकर्षणको गनतब्य बन्दै गएको देखिन्छ।
स्थानिय सरकारले पर्यटन ब्यबसायलाई मुख्य आयस्रोतका रुपमा बिकास गर्न सके बढीभन्दाबढी आन्तरिक आम्दानी गर्न सहज बन्ने देखिएकोछ ।
यसका लागी ब्यबस्थित सडक , सडक बत्ति, पर्यटकको आकर्षण हुने कार्यक्रम बनाउनु र बिभिन्न स्थलमा पर्यटक लोभिने स्थल बनाउन चौतर्फि आवाज उठेका छन् । तर बिभिन्न खाले आन्दोलन, अस्वस्थ्य प्रतिस्पर्दा, राजनितिक अस्थिरताका कारण भने निकै समस्या छन्। काभ्रेमा नाम चलेका केही होटल बन्द र कुनै आम्दानी नभएर तनावमा छन् । केही होटल आफ्नो राम्रो ब्यबस्थापनका कारण राम्रो नै सेवा दिईरहका छन्।काभ्रेका पर्यटकिय स्थलमा पनौतीको धार्मिक स्थलमा धनेश्वर महादेव, भालेश्वर महादेव ईन्द्रेश्वर महादेव,लडकेश्वर महादेव,फुलचोकी माई,द्रौपदा मन्दिर लगाएत सयौ मठ मन्दिर छन्।
तर यहाको ब्यस्थापकिय पक्ष निकै फितलो पाईन्छ। यसलाई स्थानिय वडाका जनप्रतिनीधीहरु योजना वनाएर वडाको आम्दानि हुने योजनामा समाबेश गरेर स्थानिय जनतासंग हातेमालो गर्नु पर्नेमा बिडम्बना यसो भएको पाईन्न। होटल ब्यबसाय भएका क्षेत्रमा पुग्ने बाटो नबनाई बार्गेनिंगमा बढी केन्द्रित रहने गरेका समेत चर्चा छ। काभ्रेमा नाम चलेका थुप्रै होटल रेष्टुरेण्टहरु प्रयाप्त छन् यी ब्यबस्थापनमा भने स्थानिय सरकारले गर्नुपर्ने देखिनछ।
