रेडियो अडियोका मालिक पत्रकार दिपेन्द्र खनियाँ मृत फेला

काठमाडौं/ रेडियो अडियोका मालिक पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आइतबार काठमाडौं महानगरपालिका-१०, बानेश्वरस्थित थापागाउँको घरमा घरमै झुन्डिएको अवस्थामा उनको शव फेला परेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

प्रहरीले घटनास्थलको मुचुल्का लगाएर आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकेपछि शव पोस्टमार्टमका लागि लगिएको छ ।

खनियाँ रेडियो अडियोका सञ्चालक हुन्।उनका श्रीमती र एक छोरी छन्।केही महिनाअघि मात्र उनले घर बिक्री गरेका थिए, बिक्री गरे पनि उनी त्यहीं बस्दै आएका थिए र सोही घरमा रेडियो अडियोको कार्यालय पनि सञ्चालनमा रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय