काठमाण्डौ/ भाद्र २३ र २४ गते जेनजीको नेतृत्वमा भएको बिद्रोह अनुरुप सरकारले जेनजी बिद्रोहको न्युनम अपेक्षालाई बेवास्ता गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेललाई आज ज्ञापन पत्र बुझाएका छन्।
ज्ञापन पत्रमा ५बुदे अपेक्षा प्रस्तुत गरिएको छ । जस्मा मुलुकमा भएका ठुला भष्ट्रचारका प्रकरणमा संग्लनहरुलाई कार्बाही,प्रत्यक्ष जन निर्वाचित प्रधानमन्त्रीको निर्वाचनको लागी संबिधान संसोधन,जेनजी बिद्रोहमा भएको नरसंहारमा संग्लनहरुलाई कारबाही, घाईतेहरुको उपचार र जेनजी बिद्रोहका शहिद परिवारलाई उचित क्षतिपुर्ती तथा भरणपोषण बिज्ञप्तीमा उल्लेख गरिएको छ।बिज्ञप्तीमा शुसिला कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाएर जेनजी नेतृत्वको सरकार गठन गर्न समेत अपिल गरिएको छ ।बिज्ञप्तिमा यो सरकारलाई जेनजी बिद्रोह र शाहदत तत्काल निर्वाचन होस् मात्र भन्नका नभएको समेत उल्लेख गरिएको छ।
