काठमाण्डौ/ हिजोदेखि सिमरामा जारी तनाव र हिंसात्मक घटनाप्रति नेपाली कम्यूनिष्ट पार्टीका संयोजक प्रचण्डले ध्यानाकर्षण भएको वताएका छन्। प्रचण्डले थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन हार्दिक अनुरोध गरेकाछन् ।
उनले लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता हुनु स्वाभाविक हो तर त्यसलाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति नभएको बताएका छन् । । राजनितिक तथा वाकस्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेताहरूलाई निर्वाधरूपमा हिड्डुल गर्ने, सभा-सम्मेलन गर्ने वातावरण निर्माण गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन्। फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्दै यस विषयमा समेत सचेत र जिम्मेवार बन्न सबै पक्षसँग आग्रह गरेका छन् । स्थानीय पार्टी समितिहरूलाई परिस्थितिलाई सामान्य बनाउन आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
