काठमाण्डौ / महिला स्वास्थ्य र मानसिक सशक्तिकरणलाई केन्द्रबिन्दु बनाएर आयोजना गरिएको “कस्तो छ साथी?–भाग २” कार्यक्रम शनिबार अनुपम फुड ल्याण्डमा गौशाला काठमाण्सडौ म्पन्न भएको छ। लायन्स अन्तर्राष्ट्रिय डिष्टिक्ट ३२५ आइ नेपाल, एरिया–२ अन्तर्गत रिजन ३ र ४ का सम्पूर्ण जोन तथा क्लबहरूको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।
एरिया–२ का कोअर्डिनेटर मेघा तिमल्सिनाको संयोजकत्वमा आयोजित कार्यक्रम भएको थियो। कार्यक्रममा मुख्य अतिथिका डिष्टिक्ट ३२५ आइ नेपालका डिष्टिक्ट गभर्नर पार्वती खरेल पाण्डे, विशेष अतिथि मल्टिपल डिष्टिक्ट कोअर्डिनेटर मनबहादुर रोक्का, प्रथम भाइस डिष्टिक्ट गभर्नर सूर्य कुमार केसी, पूर्व डिष्टिक्ट गभर्नर इन्दु लम्साल, एलसिआइएफ कोअर्डिनेटर अनिता थापा बिष्ट, जिएसटी कोअर्डिनेटर केदार न्यौपानेलगायत क्याबिनेटका पदाधिकारी तथा लायन्स तथा गैर लायन्स सदस्यहरूको सहभागिता थियो। अस्पतालका प्रा. डा. अचला वैद्यको शारीरिक तथा स्वास्थ्य पक्षबारे महत्वपूर्ण प्रस्तुति थियो भने पीएचडी स्कलर तथा मनोवैज्ञानिक डा. पदम राज जोशीले मेनोपोजका कारण मानसिक अस्थिरता बढ्ने सम्भावनाहरू तथा मानसिक सन्तुलन कसरी जोगाउने भन्ने विषयमा महत्वपुर्ण अभिमुखीकरण रहेको थियो।
होमो हेल्थका संयोजक तथा कार्यक्रम संचालिका सुरक्षा कुँवरको विशेष समन्वयमा प्रस्तुत गरिएको कार्यक्रममा रजोनिवृत्तिका समस्यामा आधारित नाट्य प्रस्तुती गरिएको थियो। जसले सहभागीहरूलाई थप प्रभावकारी रूपमा सचेत हुनुपर्ने बताईएको थियो । महिला स्वास्थ्य, मेनोपोजका लक्षण, यसको प्रभाव तथा समाधानका उपायहरूबारे सहभागीबीच खुलेर अन्तरक्रिया गरेका थिए ।
