राष्ट्रिय परिचयपत्रमार्फत मतदाता परिचयपत्र अनलाइनमा लिन सकिने

काठमाडौं/ नेपाल निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता परिचयपत्र सूचीमा नाम दर्ता गर्ने प्रणाली सुरु गरेको छ।

राष्ट्रिय परिचयपत्र भएकाहरूले अब घरमै बसेर आफ्नो मतदाता परिचयपत्र बनाउन सक्छन् र राष्ट्रिय परिचयपत्रको डाटा, मतदाता परिचयपत्रसँग साझा गरिने भएकाले बायोमेट्रिक दिन निर्वाचन कार्यालय जान नपर्ने भएको छ।

प्रकृया यस प्रकारका छन्:

पहिलो चरणः

निर्वाचन आयोगको वेबसाइटमा प्रि-रजिस्ट्रेसन फारममा आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण भर्नुहोस्। विवरण मिलाएपछि राष्ट्रिय परिचयपत्रसँग मिलान हुन्छ र मतदाता परिचयपत्र जोड्ने प्रक्रिया सुरु हुन्छ।

यसको अर्थ, राष्ट्रिय परिचयपत्र भएका नागरिकहरूले बायोमेट्रिक्स दिनको लागि निर्वाचन कार्यालयमा व्यक्तिगत रूपमा जानुपर्दैन।

दोस्रो चरणः

स्वतः देखिएका विवरणहरू पुनः जाँच गर्नुहोस्।

कुनै त्रुटि भएमा तुरुन्त सच्याउनुहोस्। पछि असुविधा हुन नदिन यो अत्यावश्यक छ।

तेस्रो चरणः

मतदानस्थल छनोट गर्नुहोस्।

नयाँ बसोबास वा विवाहका कारण ठेगाना परिवर्तन भएको भए सम्बन्धित कागजात अपलोड गरी नयाँ मतदानस्थल चयन गर्न सक्नुहुन्छ।

चौथो चरणः

सबै विवरण अन्तिमपटक जाँच गर्नुहोस्।

फारम अनलाइनमार्फत पेस गरी दर्ता प्रक्रिया पूरा गर्नुहोस्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय