नेपाल प्रहरीको महानिरीक्षकमा कार्की नियूक्त

काठमाडौं/ नेपाल प्रहरीको महानिरीक्षक पदमा एआईजी दानबहादुर कार्कीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको छ ।

उक्त निर्णय सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले प्रहरी नियमावलीमा उल्लेख भए अनुसार ३० वर्षे सेवा अवधिका कारण हालका आईजीपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते राति बाह्र बजेबाट अनिवार्य अवकाश हुने भएपछी आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो ।

कार्की उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए भने डीआईजी रहदा उनी लुम्बिनी प्रदेशको प्रमुख थिए । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड ,देश विदेशमी भएका बिभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको समेत अनुभव छ ।

२०५४ चैत १८ गतेबाट  नेपाल प्रहरीको प्रहरी निरीक्षक दर्जामा भर्ना भएका थिए ।२०२९ साउन १५ गतेमा गुल्मीमा जन्मिएका उनलाई बरियता आधारमा पहिलो नम्बरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हुदा उपत्यका प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत कार्की जेनजी आन्दोलनको बहानामा सरकारले महानिरीक्षक नियुक्त नगर्ने हो भन्ने आशंका समेत गरिएको थियो। दान बहादुर कार्की नेपाल प्रहरी ३३ औं प्रहरी महानिरिक्षक हुन।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय