काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेको बत्तीमा प्राविधिक समस्या आएपछि उडान अवरुद्ध भएको छ।
रनवे किनारका लाइटमा समस्या देखिएपछि शनिबार साँझ साढे ५ बजेदेखि विमानस्थलबाट हुने उडान तथा अवतरण बन्द गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए। उनका अनुसार अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका उडानहरू प्रभावित बनेका छन् । प्रवक्ता शेर्पाका अनुसार अन्तर्राष्ट्रिय उडानका जहाजहरूलाई होल्ड गराइएको छ भने आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन साथै विभिन्न अन्तराष्ट्रिय विमानहरु काठमाण्डौं तथा नेपालको आकाशमा लगातार २५ फन्को लगाएर भारत तर्फ गएको छ।
समस्या समाधानको प्रयास भइरहेको र अबको केहीबेरमा विमानस्थलबाट नियमित उडान गर्नेगरी काम भइरहेको छ ।
