काठमाडौँ / नेपाली काङ्ग्रेसका नेता र पुर्व सांसद र्मोहम्मद अफताव आलमको उपचारको क्रममा आज विहान मृत्यु भएको छ।
६३ वर्षीय आलमलाई मुटुमा समस्या देखिएपछि कात्तिक दोस्रो सातादेखि अस्पताल भर्ना गरिएको थियो र पछिल्ला दिनमा उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
आज बिहान झन्डै ३ बजे काठमाडौँ मेडिकल कलेजमा आलमको निधन भएको चिकित्सकलाई उदृत गर्दै प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो।
