नारायणगढ–मुग्लिन सडक सञ्चालनमा फर्कियो

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिक पहिरोका कारण अवरुद्ध भएको सडक हाल पुनः सुचारु गरिएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार ढुंगा झर्ने क्रम रोकिएपछि पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइएको हो ।

यस क्षेत्रमा वर्षाका कारण पहिरोको जोखिम अझै कायम रहेकोले कार्यालयले यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्रै सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय