डेङ्गी सङ्क्रमण १८ जनामा

काठमाडौँ । बैतडीमा डेङ्गी सङ्क्रमण क्रमशः बढ्दै गएको छ। स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालका अनुसार पछिल्लो तीन महिनाभित्र जिल्लामा १८ जनामा डेङ्गी पुष्टि भएको छ। प्राप्त तथ्यांकअनुसार मेलौली नगरपालिकामा ८, दशरथचन्दमा ६, पुर्चौंडीमा ३ र पाटन नगरपालिकामा १ जनामा सङ्क्रमण देखिएको छ।

हाल जिल्लाभर लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान सञ्चालन भइरहेको छ। एडिस प्रजातिको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी फैलिने भएकाले लामखुट्टेबाट जोगिनुपर्नेमा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले सावधानी अपनाउन आग्रह गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय