लुक्ला–सिमीकोटलगायत हिमाली विमानस्थलमा उडानमा असर

काठमाडौँ । पोखरामा नेपाल विद्युत् प्राधिकरणका ट्रान्सफर्मरमा जडान गरिएका तामाका तार चोरी गर्ने समूह फेरि सक्रिय भएको छ । हाल पोखरा–१८ ग्यारजाती र पोखरा–२२ पुम्दीभुम्दीका ट्रान्सफर्मरबाट तामाका तार चोरी भएको प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ ।

यस्तै, वडा नं. १८ सुन्दर चौतारा, पदेंली, वडा नं. २१ पोख्रेल थोक र अन्नपूर्ण गाउँपालिकाको अधिकारीडाँडामा समेत तार चोरी भएका छन् । चोरीका कारण ती क्षेत्रका उपभोक्ता विद्युत् सेवाबाट वञ्चित बनेका छन् ।

तार चोरीको घटनामा वृद्धि भएपछि प्राधिकरणले ट्रान्सफर्मर आसपास अपरिचित व्यक्ति देखिए तत्काल जानकारी दिन आग्रह गरेको छ । यसअघि पनि निरन्तर चोरीको घटनाले विद्युत् आपूर्ति प्रभावित भएकाले प्राधिकरणले प्रहरीसँग सुरक्षा सहयोग माग गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय