आज मन्त्रिपरिषद् विस्तार हुँदै, चार नयाँ मन्त्री बन्ने तयारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन्। मौजुदा मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपिने भएका छन्।

प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष नाम सिफारिस गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार—

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा पूर्वसचिव डा. सुधा शर्मा,

  • संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीमा गणपतिलाल श्रेष्ठ,

  • श्रम तथा रोजगार मन्त्रीमा खगेन्द्र सुनुवार, र

  • युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन्।

नयाँ मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय