नेप्से परिसूचकमा सकारात्मक वृद्धि, ४४ अङ्कको बढोत्तरी

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४४.२५ अङ्कले बढेर २,५४७.६० बिन्दुमा पुगेको छ, जसले एक दशमलव ७६ प्रतिशत वृद्धि देखाएको छ।

आज ३३० कम्पनीका कुल ९९ लाख ४ हजार ८७४ कित्ता शेयर ४८ हजार ८३६ पटक खरिदबिक्री हुँदा रु. ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार ५४५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आज सबै समूहका उपसूचकहरू हरियो देखिएका छन्। प्रमुख समूहहरूको वृद्धि यस प्रकार छ:

  • बैङ्किङ: ०.२८%, विकास बैङ्क: १.४१%, वित्त: ०.०२%, होटल तथा पर्यटन: ३.३५%, जलविद्युत्: २.१०%, लगानी: २.२७%, जीवन बीमा: १.९२%
  • उत्पादन तथा प्रशोधन: १.५६%, लघुवित्त: ०.६३%, म्युचुअल फन्ड: ०.३२%, निर्जीवन बीमा: १.४४%, व्यापार: २.८१%, अन्य समूह: ५.०१%

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घटेको शेयर कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको भएको छ, जसले ५.२६% मूल्य गुमाएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु. ३१ करोड ९१ लाख ४ हजार ७३२ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याको आधारमा भने लक्ष्मी सनराइज बैङ्क लिमिटेडको पाँच लाख २३ हजार २३३ कित्ता शेयर सबैभन्दा बढी किनबेच भएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय