मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो

काठमाडौँ । काठमाडौँको कपन पैयुटारस्थित पानी फ्याक्ट्री नजिक सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते एक युवकको मृत्यु भएको छ ।

मृतक सोलुखुम्बु घर भई हाल काठमाडौँ कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पा रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार गए राति पैयुटारबाट गोकर्णेश्वरतर्फ जाँदै गरेको बा८१प ७३५ नम्बरको मोटरसाइकल सडकछेउको बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए । उपचारका क्रममा काठमाडौँ मेडिकल कलेजमा आज बिहान उनको मृत्यु भएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय