उडान मन्थली लुक्ला सुरु

काठमाडौँ । रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि उडान औपचारिक रूपमा सुरु भएको छ।

पर्यटक सिजनको सुरुवातसँगै तारा, समिट र सिता एयरलाइन्सहरूले मन्थली–लुक्ला उडान सञ्चालन गर्न थालेका हुन्। विभिन्न ट्राभल एजेन्सीहरूले काठमाण्डौंबाट स्थल मार्गमार्फत पर्यटकलाई मन्थली पुर्‍याएर त्यहाँबाट लुक्ला पठाउने व्यवस्था मिलाएका छन्।

एयरलाइन्स कम्पनीहरूका अनुसार असोजदेखि कात्तिक महिनासम्मको मुख्य सिजनमा नियमित रूपमा उडान सञ्चालन गरिनेछ। मौसम अनुकूल रहँदा दैनिक रूपमा मन्थलीबाट लुक्लाका लागि धेरै उडान हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय