अनियन्त्रित ट्रक पल्टिँदा एकको ज्यान गयो

काठमाडौँ |  उदयपुरगढी गाउँपालिका–७ अधेरीमा काठमाडौँबाट इटहरी तर्फ जाँदै गरेको ट्रक आफैँ अनियन्त्रित सडकमा पल्टिदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान ६ बजे प्र १–०२–००१ ख ९२६० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडक साइडमा पल्टी दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–४ बगाहा बस्ने वर्ष ३५ का जीवन विकको मृत्यु भएको हो ।

शरीरको विभिन्न भागमा चोटपटक लागेको अवस्था जिल्ला अस्पताल उदयपुर ल्याइएकोमा उपचारको क्रममा बिहान ७ः१० बजे अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन ।

उक्त घटनास्थलमा प्रहरी अधिकृतसहितको टोली खटिई थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय