एक जनाको मोटरसाइकल दुर्घटना हुँदा  मृत्यु

काठमाडौँ | दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही नगरपालिका–२ सोनपुरमा लु ४४ प ३४१२ नम्बरको मोटरसाइकल बुधबार अनियन्त्रित भई दुर्घटना हुँदा राप्ती गाउँपालिका–६ पत्थर गढवा निवासी २२ वर्षीय अयोध्या चौधरीको मृत्यु भएको हो ।

घाइते चौधरीलाई लमही अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । मृतकको शवलाई पोष्टमार्टमका लागि लमही राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय