काठमाडौँ | सिरहामा एक वृद्धको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार धनगढीमाई नगरपालिका-११ आमचोकका ७५ वर्षीय अनिल लाल यादवको हत्या भएको हो ।
गएराति सुतेकै ठाउँमा अज्ञात व्यक्तिले हतियार प्रहार गरी उनको हत्या गरेको हो । आज बिहान ६ : २० बजे प्रहरीलाई उनी घाइते भएको खबर आएको थियो । प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा बिहान ८:२० बजे उनको मृत्यु भएको हो ।
उनको हत्या विरोधमा स्थानीयले बिहान केहीबेर पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन् ।
