किसान चिन्तित, भित्र्याउने तयारीमा रहेको बालीमा बेमौसमी बर्षाले क्षति

काठमाडौँ । सिरहामा लगातार परेको बेमौसमी वर्षाले धान, तरकारी र दलहन बालीमा ठूलो नोक्सानी पुर्‍याएको छ। खेतमा पानी जम्मा भएपछि बाली कुहिने र रोग लाग्ने जोखिम बढेको छ।

समयमै कटानी गर्न नसक्दा किसान चिन्तित छन्। कृषि ज्ञान केन्द्रका प्राविधिकहरूका अनुसार निरन्तर वर्षाले धानमा दाना झर्ने, तरकारी सड्ने र मकैमा रोग लाग्ने सम्भावना छ।

स्थानीय प्रशासनले किसानलाई पानी निकासको व्यवस्था मिलाउन र रोग नियन्त्रणका लागि आवश्यक परामर्श लिन आग्रह गरेको छ। किसानहरूले प्राविधिक सहयोगको माग गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय